कालिका माध्यमिक विद्यालय,रामबजार पोखराको ५९ औं तथा कालिका पव्लिक कलेजको १६ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसका अवसरमा
प्रधानाध्यापक श्री बलराम गिरीद्वारा प्रस्तुत आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन
यस कार्यक्रमका सभापति तथा वि.व्य.स. अध्यक्षज्यू, प्रमुख अतिथि कास्की जिल्ला क्षेत्र नं.१ का माननीय सदस्य श्री मनवहादुर गुरुङ्गज्यू, विशेष अतिथि गण्डकी प्रदेशका माननीय सदस्य श्री सरस्वती गुरुङ्गज्यू र प्रकाश वहादुर के.सी.ज्यू, पोखरा महानगरपालिका वडा नं.१० का अध्यक्ष राजेश गुरु«ङ्ज्यू, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख श्री हेमप्रसाद आचार्यज्यू , वडा शिक्षा समितिका सदस्यज्यूहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरु, कलेज सञ्चालक समितिका अध्यक्ष एवं सदस्यज्यूहरु, कलेज प्रमुख, सहायक प्रधानाध्यापकज्यूहरु, आमन्त्रित अतिथिज्यूहरु, पत्रकार वन्धुहरु, अभिभावकज्यूहरु, सहकर्मी शिक्षक साथीहरु र विद्यार्थी आईवहिनीहरु ।
नेपालको पर्यटकीय शहर पोखरा महानगरपालिका वडा नं.१०,रामबजारमा अवस्थित यस श्री कालिका मा.वि.को स्थापना स्थानीय शिक्षाप्रेमी, वुद्धिजिवी अभिभावकहरुको प्रयासमा प्राथमिक विद्यालयको रुपमा वि.सं.२०२१ सालमा भएको थियो । पोखरा उपत्यकामा बढ्दै गैरहेको जनसंख्या तथा अभिभावकहरुमा आएको शैक्षिक जागरुकताका कारण यस विद्यालयलाई निम्न माध्यमिक विद्यालयको रुपमा स्थापना गराउन आवश्यक भए अनुसार वि.सं.२०३२ सालमा निम्न माध्यमिक विद्यालयको स्वीकृति प्राप्त गरेको थियो निम्न माध्यमिक विद्यालयको रुपमा सञ्चालन भइरहेको यस विद्यालयलाई २०४३ सालमा मा.वि. तहको पढाई सञ्चालनको लागि प्रस्तावित मा.ले को रुपमा स्वीकृती प्राप्त ग¥यो भने वि.सं. २०५७ सालमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्वाट सम्वन्धन लिई विहानी सत्रमा कक्षा ११÷१२ का कक्षाहरु सञ्चालन भईरहेको व्यहोरा जानकारी गराउन चाहन्छु । प्राथमिक विद्यालयको रुपमा स्थापना भई मा.वि.कक्षा १२ सम्मका कक्षाहरु सञ्चालन भैरहेको यस मा.वि.ले स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरुको चाहना र आश्यकता अनुसार यस क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको आवश्यकतालाई महसुस गरी वि.सं.२०६४ सालमा त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरी सामुदायिक कलेजको रुपमा कालिका पव्लिक कलेज स्थापन भई आज पव्लिक कलेजको १६ औं वार्षिकोत्सव मनाउन पाउँदा कालिका मा.वि.परिवार हर्षविभोर भएको छ । यस मा.वि.लाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा मानव श्रोत विकास केन्द्रवाट नमूना मा.वि.को रुपमा छनौट भई विद्यालयले निर्माण गरेको नमूना विद्यालय , विद्यालयको गुरुयोजना विद्यालय सुधार योजना स्विकृत भई उक्त योजना कार्यान्वयन भैरहेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु । नमूना विद्यालयको योजनालाई कार्यान्वयनको सन्दर्भमा सम्पूर्ण शुभचिन्तक , शिक्षा प्रेमी, अभिभावक तथा स्थानीय निकाय एवं सरोकारवालाहरुवाट सल्लाह,सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
आफ्नो स्थापनाको ५९ वर्षको अवधिमा यस मा.वि.विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुग्न सफल भएको छ । यस अवसरमा यस मा.वि.को स्थापना काल देखि हालसम्म यस विद्यालयसँग सम्वन्धित गरी आफ्नो अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण शिक्षाप्रेमी,महानुभाहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस विद्यालय व्यवस्थापन समितिमा रही अमूल्य सहयोग गर्नुहुने अध्यक्षज्यूहरु एवं सदस्यज्यूहरु, प्रधानाध्यापकज्यूहरु तथा यस मा.वि.को भौतिक उन्नतीमा सहयोग पु¥याउनुहुने नेपाल सरकार, स्थानीय निकाय लगायत सम्पूर्ण आदरणीय अग्रज अभिभावकज्यूहरुको योगदान प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
हाम्रो यस विद्यालयमा अधिकांश सिमान्तकृत वर्गका परिवारका छोराछोरीहरु अध्ययन गर्दै गरेको यहाँहरुलाई अवगतै छ । परिवार भित्र शैक्षिक वातावरणको अभाव, जनचेतनाको कमी , विद्यार्थीको अनुपात अनुसारको शैक्षिक साधन स्रोतहरुको अपर्याप्तताले गर्दा आशा गरे अनुरुपको शैक्षिक उपलव्धी हासिल गर्न कठीनाई भईरहेको छ । वर्तमान समयमा अंग्रेजी माध्यमको शिक्षा प्रतीको आकर्षण दिनप्रतिदिन बढ्दै गएको कुरा ध्यानमा राख्दै यस विद्यालयमा पूर्व प्राथमिक शिशु कक्षा देखि कक्षा ५ सम्म पूर्ण अंग्रेजी माध्यममा र कक्षा ६ देखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुँदै आईरहेको छ । मा.वि.क(कक्षा ११÷१२) तर्फं शिक्षा,मानविकी,व्यवस्थापन,होटल व्यवस्थापन र विज्ञान संकायहरुमा अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराईएको छ । यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले समय सापेक्ष व्यवहारिक शिक्षा हासिल गरुन भन्ने उद्देश्यका साथ शै.स.२०७६ देखि कक्षा ९ देखि नै प्राविधिक धारका कक्षाहरु सञ्चालन गर्ने उद्देश्य राखेता पनि सम्वन्धित निकायवाट अनुमति प्राप्त नभएकाले सञ्चालनमा आउन सकेन, शैक्षिक सत्र २०७७ देखि होटल मेनेज्मैण्टका कक्षा सञ्चालन भईरहेको व्यहोरा अवगत गराउँछु । यस विद्यालयका छात्राहरुको संख्या वढी छ । त्यस्तै दलीत र जनजातीको बाबुनानीहरु अधिक छन । विद्यालयको गुणस्तर वृद्धिका लागि शैक्षिक सज्ञ २०७२ देखि कक्षा १० का विद्यार्थीहरुका लागि आवासिय छात्रावास समेत सञ्चालन गरिएको व्यहोरा अवगतको लागि अनुरोध गर्दछु । आगामी दिनमा अन्य विद्यार्थीहरुको लागि समेत छात्रावासको व्यवस्था मिलाउने योजना रहेको छ ।
छात्रवृत्ती तर्फ
यस विद्यालयमा नेपाल सरकारवाट प्राप्त छात्रवृत्ती बाहेक अन्य संघ संस्थाहरु एस.ओ.एस. वालग्राम, चिल्ड्रेन नेपाल, रुम टू रिड, साथी नेपाल, कृष्ण मन्दिर रहेका छन । त्यस्तै विभिन्न वित्तिय संस्था रोयल सहकारी संस्था,। विभिन्न व्यक्तिहरुवाट समेत छात्रवृत्ती प्राप्त हुँदै आइरहेको छ । त्यस्तै हरिगोपाल गणेशमाया, बालाज्योति, युनाईटेड क्लव, निर्मल थापाको स्मृतीमा उहाँको धर्मपत्नी ललिता देवी थापा तथा छोरीहरु कल्पना थापा, सम्झना थापा कार्की र सपना थापा कुवँरको तर्फवाट छात्रवृत्ती अक्षयकोष , चन्द्रकुमारी बराल स्मृती छात्रवृत्ती कोष स्थापना भएको छ । स्व.जीवनाथ पौडेलकी धर्मपत्नी भीममाया पौडेलवाट समेत यसै वर्ष कक्षा ११ विज्ञान विषयमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ती कोषको स्थापना भएको छ । भु.पू.प्र.अ.प्रेमवहादुर थापाको पहलमा वहाँको सहोदर दिदी सीता थापाको स्मृतीमा छात्रवृत्ती अक्षयकोष स्थापना भएको छ यसैगरी पिता प्रेम सुनारले आफ्नो स्व.दिपक सुनारको स्मृतीमा दिपक सुनार स्मृती छात्रवृत्ती अक्षयकोष स्थापना गर्नुभएको छ ।
आदरणीय प्रमुख अतिथि तथा अतिथिज्यूहरु,
यस विद्यालयमा रहेको विद्यार्थी संख्या विवरण यस प्रकार रहेको छ ।
तह÷कक्षा छात्रा छात्र जम्मा
पूर्व प्राथमिक तह (ई.सि.डी) द्धठ छछ ज्ञण्द्द
आधारभूत तह (कक्षा १ देखि कक्षा ८ सम्म) छठड छढज्ञ ज्ञज्ञटढ
मा.वि.तह (कक्षा ९ देखि कक्षा १२ सम्म) डण्ण् डघछ ज्ञटघछ
पूर्व प्राथमिक देखि कक्षा १२ तह सम्मको जम्मा विद्यार्थी संख्या ज्ञद्धद्दछ ज्ञद्धडज्ञ द्दढण्ट
२०७८ सालको एस.इ.ई. मा सम्मिलित विद्यार्थी संख्या १७२ थियो भने यस वर्ष २०७९ मा एस.इ.ई. परीक्षामा सम्मिलित हुने विद्यार्थीको संख्या पनि १७६ रहेको छ । नेपाल सरकारवाट अक्षरांक पद्धतिबाट परीक्षाफल प्रकाशित गरेकोले अधिकांंश विद्यार्थीहरु हाल कक्षा ११ मा अध्ययनरत रहेको जानकारी गराउँछु । यस्तै प्रकारले औपचारिक विषयगत शिक्षाको अतिरिक्त यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अन्तर विद्यालय स्तरीय अतिरिक्त कार्यक्रममा सहभागी भई पुरस्कृत हुँदै आईरहेका छन । भरखरै मात्र गण्डकी विश्वविद्यालयद्वारा आयोजित कास्की जिल्ला स्तरीय फूटवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा खेलाडी विद्यार्थीहरु तथा टिमकोच र सो खेलमा संलग्न शिक्षक,कर्मचारीहरुप्रति धन्यवाद ज्ञापन गर्दै उक्त खेलमा सहभागी खेलाडीहरुलाई आजकै दिनमा बधाई तथा अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको व्यहोरा अनुरोध छ । त्यस्तै कास्की जिल्ला रेडक्रस सोसाइटीको आयोजना र युवा रेडक्रस सर्कल कालिका मा.वि.को व्यवस्थापनमा आयोजित वक्तृत्वकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भयो साथै निवृत्त शिक्षक मंचद्वारा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा समेत पुरस्कृत हुन सफल भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
विद्यालयको भौतिक अवस्थाः
विद्यालयको भौतिक र आर्थिक पक्ष सुदृढ नभई कुनै पनि शैक्षिक संस्था सवल र सक्षम हुन सक्दैन । यस क्रममा यस विद्यालयको स्थापना पर्ती चौरमा विद्यालय सञ्चालन गरी विद्यालयको नाममा जग्गाधनी लालपूर्जा उपलव्ध गराउने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै अहिलेको नयाँ नापी अनुसार यस विद्यायको स्वामित्वमा २३.९ रोपनी जग्गा रहेको छ । हाल यस विद्यालयमा पक्की भवन ७ सरस्वती मन्दिर १, चमेना गृह १, छात्रावास २, वास्केटवल कोर्ट १ , पुस्तकालय १, कम्प्यूटर प्रयोगशाला १ विज्ञान प्रयोगशाला ३, होटल व्यवस्थापन प्रयोगशाला–१, छात्र–छात्राहरुको छुट्टै शौचालय, खानेपानी ट्याङकी ५, तथा सुद्ध खानेपानीको लागि २ वटा यूरोगार्डको व्यवस्थाका साथै रिभर्स अस्मोसिस प्लाण्ट जडान गरिएको छ । त्यस्तै, अफिस कोठा ९, कक्षा कोठा ५१ र आयमूलक सटर २६ वटा र एउटा पक्की कम्पाउण्डवाल रहेको छ । साथै केही वर्ष अघि खरिद गरिएको एउटा किर्लोस्कर कम्पनीको ३० के.भि.ए.क्षमताको जेनेरेटर पनि रहेको छ । आधुनिक शौचालय भवन निर्माण भई सञ्चालनमा रहेको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयले न्यून शुल्कमा आवासिय छात्रावास सञ्चालन गरी पठनपाठन अघि वढाएको व्यहोरा जानकारी गराउन चाहन्छु । हाल कक्षा १० को लागि मात्र रहेको छात्रावासलाई विस्तार गरी २०० जनाको क्षमता भएको छात्रावासको व्यवस्था गरी अति विपन्न वर्गलाई शिक्षा प्रदान गर्ने नीति अवलम्वन गरिने छ । विद्यालय भित्र नै चमेना गृहको स्थापना भएकोले विद्यार्थीहरुलाई सुलभ दरमा खाजा खाने व्यवस्था मिलाईएको छ । प्रशासनिक कार्यलाई सर्वसुलभ गरी एकैठाउँवाट सेवा प्रदान गर्ने उद्देश्यले प्रशासनिक भवन निर्माण सम्पन्न भई सोही भवनवाट कार्य सम्पादन भईरहेको छ । उक्त भवनको समुद्घाटन प्रमुख अतिथिज्यूको वाहुलीवाट आजै समुद्घाटन हुने कार्यक्रम रहेको छ ।
भौतिक सुधारमा निरन्तर लगनशील भएर लागिरहेको वर्तमान वि.व्य.स., भौतिक निर्माण समितिको योगदान प्रति विशेष आभार व्यक्त गर्दछु । शिक्षक,कर्मचारी,अभिभावकज्यूहरु, पुस्तकालय निर्माण समिति,यस क्षेत्रका सुभेच्छुक महानुभावहरु, पोखरा महानगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई कास्की, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरु, संघसंस्था, चन्दादाताहरु, व्यापारी, उद्योगपति, शिक्षाप्रेमी, विभिन्न महिला तथा आमा समूह तथा समस्त भु.पू.विद्यार्थी तथा भु.पू.शिक्षक कर्मचारीहरु, वर्तमानमा अध्ययनरत विद्यार्थीहरु धन्यवादका पात्र हुनुहुन्छ । श्रव्य दृश्य सामग्री सहित विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ यस विद्यालयका २०५६ सालका एस.एल.सी.व्याचका विद्यार्थीहरुको पहलमा श्रव्य दृश्य हल निर्माण भएको छ , त्यस्तै ६ वटा कक्षाकोठामा प्रोजेक्टर जडान गरी श्रव्यदृश्य सामग्रीको माध्यमवाट पठनपाठन भईरहेको छ । आगामी दिनमा नेपाल सरकारवाट प्राप्त अनुदानको आधारमा आधुनिक पुस्तकालय , विज्ञान तथा कम्प्युटर ल्यावको लागि छुट्टै भवन निर्माणका लागि टेण्डर प्रक्रियावाट निर्माण कार्य अगाडि वढाइएकोमा हाल ठेकेदारको लापरवाहीका कारण निर्माणाधिन अवस्थामा रहेको छ ।
आदरणीय अभिभावकज्यूहरु,
यस मा.वि.मा हाल कार्यरत शिक्षक कर्मचारीहरुमध्ये ः
तह दरवन्दी राहत निजी श्रोत जम्मा
आधारभूत तह(कक्षा १–८) २२ १ १३ ३६
माध्यमिक तह(कक्षा ९–१२) ७ १ ६३ ७१
कर्मचारी कक्षा ९–१२ २ १८ २०
जम्मा ३१ २ ९४ १२७
आगामी दिनहरुका आवश्यकता र चुनौतिहरुः
यस विद्यालयको विशाल विद्यार्थीहरुको जमघटको अनुपातमा शिक्षक दरबन्दी, कक्षा कोठा, विज्ञान प्रयोगशाला,प्रा.वि.भवन खेलकूद सामग्री, बालमैत्री पुस्तकालय, वाचनालय, सभा भवन, शैक्षिक सामाग्री, शौचालय,पूर्व प्राथमिक कक्षाको बालमैत्रीपूर्ण कक्षा र कम्प्यूटर प्रयोगशालाको थप आवश्यकता रहेको जानकारी गराउन चाहन्छु । विद्यालयको पठनपाठन तथा प्रशासनिक कार्यलाई व्यवस्थित बनाउन सञ्चालन निर्देशिका (विनियम) तयारीको अन्तिम चरणमा रहेको छ । उक्त विनियमावली सम्वन्धित निकायवाट स्वीकृत गराई लागू गरिने छ ।
आगामी दिनका लक्षहरुः
१) अंग्रेजी भाषा तर्फ बढ्दै गइरहेको विद्यार्थी तथा अभिभावकहरुको आकांक्षालाई
मध्यनजर राख्दै यस विद्यालयलाई पूर्ण अंग्रेजी माध्यमको विद्यालयको रुपमा रुपान्तरण
गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
२) विश्वमा वढ्दै गईरहेको अत्याधुनिक सञ्चार सुविधाको उपयोग गर्दै यस मा.वि.मा
पठनपाठन गर्ने विद्यार्थी तथा शिक्षकहरुका लागि आधुनिक ई–लाईव्रेरी स्थापना गरिनेछ ।
३) पूर्व प्राथमिक तह नर्सरी देखि स्नातक तहका कक्षाहरु सञ्चालन भईरहेको यस मा.वि.मा
हरेक तहको लागि सुविधा सम्पन्न भिन्न भिन्न व्लक निर्माण गरी पठनपाठन
सञ्चालन गरिनेछ ।
४) यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको वृत्ती विकासको लागि आवश्यक
अध्ययन तथा तालिमको व्यवस्था मिलाई शिक्षकको क्षमता र योग्यता वृद्धि गर्दै
विद्यालयलाई सूचना मैत्री वनाईने छ ।
५) यस विद्यालयको मा.वि.तह कक्षा ९–१२ मा प्राविधिक शिक्षा सुरुआत गरी
विद्यार्थीहरुलाई व्यवसायिक दक्षता प्रदान गर्ने लक्ष्य राखेको छ ।
६) विद्यालयलाई यस क्षेत्रको नमूना विद्यालयको रुपमा रुपान्तरण गर्न तयार गरिएको
गुरुयोजनामा उल्लेखित शैक्षिक, भौतिक तथा व्यवस्थापकीय लक्ष्यहरुलाई क्रमशः पूरा गर्दै
लगिनेछ जस अन्तर्गत भौतिक तर्फ प्रशासनिक भवन,
शैक्षिक भवन, छात्र–छात्रा छात्रावास पूर्व प्राथमिक भवन, सभाहल, प्रयोगशाला,
पुस्तकालय, चमेनागृह, शौचालय गरी जम्मा १० ओटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य
लिइएको छ ।
७) आगामी पाँच वर्ष भित्रमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्यामा वृद्धि गरी
पाँचहजार पु¥याउने लक्ष्य लिइएको छ । यो अवधिमा विद्यार्थीको उत्तीर्ण प्रतिशतलाई
शतप्रतिशत वनाउने साथै शैक्षिक उपलव्धीलाई ९० प्रतिशत भन्दा माथि पु¥याइने छ ।
८) यस विद्यालयमा सञ्चालित निशुल्क खाजा कार्यक्रम पूर्व प्राथमिक तह (ई.सि.डी. देखि
कक्षा ५ सम्म सञ्चालन भईरहेकोमा आगामी वर्षहरुमा क्रमशः आधारभूत तहका
विद्यार्थीहरुको लागि समेत सञ्चालन गरिनेछ ।
आदरणीय प्रमुख अतिथि एवं अतिथिज्यूहरु,
अन्त्यमा , यस विद्यालयको विगत देखि हालसम्मको भौतिक निर्माणको लागि भौतिक निर्माण समितिमा रहनुभएका संयोजक एवं पदाधिकारीहरु, वि.व्य.स., शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारीहरु, कलेज सञ्चालक समिति र अभिभावकज्यूहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यस क्षेत्रका शिक्षा प्रेमी अभिभावक तथा सम्पूर्ण जनसमुदायले विद्यालय स्थापनाकाल देखि नै तन मन धन तथा भावनात्मक रुपमा विद्यालयप्रति देखाउनुभएको सदभाव साथै यस विद्यालयलाई नमूना विद्यालयको रुपमा छनौट गर्न सहयोग गर्नुहुने तथा गुरुयोजना निर्माण एवं स्वीकृतीको लागि सहयोग गर्नुहुने सम्पूर्णमा विद्यालय परिवार ह«दयदेखि नै धन्यवाद एवं आभार व्यक्त गर्दछु ।
माथि उल्लेखित लक्ष्यहरुलाई पूरा गर्नका निमित्त एवं गुरुयोजनालाई कार्यान्वयन गर्नको लागि शिक्षासँग सम्वन्धित निकायहरु, संघसंस्थाहरु, स्थानीय तह अभिभावक, शिक्षक कर्मचारी,विद्यार्थी,समाजसेवी,शिक्षा प्रेमी सम्पूर्णको सहयोग तथा सदभावको अपेक्षा गर्दछु । उपस्थित सम्पूर्णमा आभार व्यक्त गर्दै मेरो प्रतिवेदन यही टुङ्ग्याउने अनुमति चाहन्छु ।
धन्यवाद ।
अध्यक्ष प्रधानाध्यापक
No comments:
Post a Comment